नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्तको शेयरमूल्य नेप्सेमा समायोजन

२ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलवार नागरिक लगानी कोष र नेपाल एग्रो लघुवित्त वित्तीय संथा लिमिटेडको बोनस शेयर मूल्य समायोजन गरेको छ ।

नेप्सेले नागरिक लगानी कोषको ९ प्रतिशत बोनस शेयरको समायोजन  गरेको छ भने एग्रो लघुवित्तको १४ प्रतिशत बोनस शेयरको समायोजन गरेको छ । यो समायोजन संगै नागरिक लगानी कोषको शेयरमूल्य ३ हजार ७४३ तोकेको छ भने  एग्रो लघुवित्तको शेयरमूल्य ५४९ तोकेको छ । 

यस्तै नागरिक लगानी कोषले ९ प्रतिशत बोनस शेयर ८ दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी असार १८ गते २६औं सभा बोलाएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने कम्पनीले जानकारी दिएको छ ।


 नेपाल एग्रो लघुवित्त कम्पनीले पाँचौं वार्षिक साधारण सभा असार ३१ गतेलाई तय गरेको छ । सभा सिटिस्क्वेयर प्रालि न्यूरोड पोखरामा बिहान ९ बजे शुरु हुनेछ । 

सभाले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट १४ प्रतिशत बोनस र कर प्रयोजनको लागि शून्य दशमलव ७३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित प्रस्ताव गर्नेछ ।  

दुवै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ मंगलवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । बुक क्लोजको आधारमा सोमवारसम्म कायम शेयरधनीहरुले मात्र दुवै कम्पनीको सभामा भाग लिन सक्ने भएका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया