हुन्डाईको नयाँ 'एसयूभी प्यालिसेड' कार नेपालमा, मुल्य हाराहारि २ करोड !

२ बर्ष अगाडि

नेपालमा  हुन्डाईको  नयाँ एसयूभी प्यालिसेड कार नेपालमा ल्याएको भएको छ । नेपालका लागी गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले उक्त कार नेपालमा भित्र्याएको हो । 

यो गाडी सात सिटे प्रिमियम एसयूभी हो । यो कार छिट्टै आधिकारिक रूपमा सार्वजनिक गरिने कम्पनीले बताएको छ ।

कोरियामा निर्मित प्यालिसेड नेपाली बजारमा २÷२ लिटरको डिजेल इन्जिन अप्सनमा आउनेछ । ३८ सय सिसी इन्जिनयुक्त यो गाडीले ५०० आरपीएममा २८७ बीएचपी अधिकतम पावर जेनरेट गर्छ । 

एसयूभी सेगमेन्टअन्तर्गतको यो गाडीमा आठ स्पिड अटोमेटिक ट्रान्समिसन रहेको छ । कम्पनीले नेपाली बजारमा हुन्डाई प्यालिसेडको सुरुआती मूल्य २ करोड रुपैयाँ पर्ने अनुमान गरेको छ । 

कम्पनीका अनुसार नेपाली बजारमा यो एसभीयूको प्रतिस्पर्धा टोयटाको फर्चुनर, मित्सुबिसी पजेरो र फोर्ड कोइन्डेभरसँग हुनेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया