विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर !

२ बर्ष अगाडि

आज मंगलबार कतारी रियालको भाउ बढेको छ । विनियमदर अनुसार हिजो सोमबार एकको खरिदमूल्य ३२ रुपैयाँ १८ पैसा र बिक्रीमूल्य ३२ रुपैयाँ ३५ पैसा रहेको कतारी रियाल आज एकको खरिददर ३२ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ । 

यसैगरी एकको खरिददर ३१ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा रहेको साउदी अरेवियन रियाललाई आज एकको खरिदमा ३१ रुपैयाँ ५४ पैसा र बिक्रीमा ३१ रुपैयाँ ७० पैसा तोकिएको छ । 

आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा रहेको छ । हिजो सोमबार ११७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ४८ पैसा रहेको अमेरिकन डलरको मूल्य पनि सामान्य बढेको हो । 

त्यस्तै, आज युरोपियन युरोको मूल्य पनि उकालो लागेको छ । सोमबार एकको खरिदमूल्य १३९ रुपैयाँ ८३ पैसा र बिक्रीमूल्य १४० रुपैयाँ ५४ पैसा रहेको युरोयिन युरो आज एकको खरिददर १४० रुपैयाँ ७३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ४४ पैसा रहेको छ ।  

२ बर्ष अगाडि

प्रतिक्रिया