आज साउथ सुपरस्टार विजयको जन्मदिन, आँउदो फिल्मका लागि लिए १ सय करोड पारिश्रमिक !

२ बर्ष अगाडि

दक्षिण भारतीय सुपरस्टार  थलापति विजयले आज आफ्नो जन्मदिन मनाउँदै छन् ।  २२ जुन १९७६ चेन्नइको तमिलनाडुमा जन्मिएका विजयले आज आफ्नो ४७ औँ जन्मदिन मनाउँदै छन् । 

विजय साउथमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेता पनि हुन् । आउँदो फिल्म ‘थलापति ६५’का लागि उनले एकसय करोड पारिश्रमिक लिएका छन् । पारिश्रमिकको मामलामा उनले अभिनेता रजनीकान्तलाई समेत पछि पारेका छन् । रजनीकान्तले अहिलेसम्मकै धेरै पारिश्रमिक फिल्म ‘दरबार’का लागि ९० करोड लिएका थिए ।

 १९८५ मा आएको रजनीकान्तको फिल्म ‘नान सिवापु मनिथन’मा उनले बालकलाकारको रुपमा काम गरेका थिए । १८ बर्षको उमेरमा विजयले ‘नालैथ्या थीरपु’बाट अभिनेताको रुपमा डेब्यु गरेका थिए । फिल्ममा उनको नामनै विजय थियो । यो नामबाट उनले ८ फिल्ममा काम गरेका थिए । विजयले अहिलेसम्मको करियरमा ६५ फिल्ममा काम गरेका छन् । ति मध्य धेरै बक्सअफिसमा हिट साबित भएका छन् ।

विजय पनि एक राम्रो गायक हुन् । फिल्म ‘थुपक्की’मा उनले गाएको गीत ‘गुगल गुगल’ निकै हिट भएको थियो । यो गीतको कारण विजयले सबैभन्दा पपुलर तमिल गीतका अवार्ड समेत हात पारेका थिए ।

विजय पछिल्लो समय मास्टर फिल्ममा देखिएका थिए भने अहिले  ‘थलापति ६५’को तयारीमा रहेका छन् । 

२ बर्ष अगाडि

प्रतिक्रिया