कोरोना खोप लगाउन नमान्नेलाई राष्ट्रपतिको जेल हाल्ने चेतावनी

२ बर्ष अगाडि

फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुतुर्तेले कोरोना भाइरस विरूद्धको खोप लगाउन अस्वीकार गर्नेलााई जेल  हाल्ने चेतावनी दिएका छन् ।खोप केन्द्रहरूमा खोप लगाउन कम मात्रामा सर्वसाधारण गएपछि  दुतुर्तेले जेल  हाल्ने चेतावनी दिएका हुन् ।

फिलिपिन्समा अहिलेसम्म १३ लाख मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ भने २३ हजारले ज्यान गुमाएका छन् ।


फिलिपिन्समा २१ लाख मानिसहरूलाई पूर्ण रूपमा खोप लगाइएको छ । ११ करोड जनसंख्या भएको फिलिपिन्समा सरकारले सन् २०२१ को अन्त्यसम्म ७ करोड मानिसलाई खोप लगाउने लक्ष्य राखेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया