कोरोना खोप 'कोभिशिल्ड' लगाएकालाई भोली दोस्रो डोज लगाइने

२ बर्ष अगाडि

ललितपुर महागरपालिकाले  कोभिशिल्ड कोरोना खोपको दोस्रो डोज लगाउने भएको छ ।ललितपुरले (भोली) बुधबार पहिलो खोप लगाएकालाई दोस्रो डोज खोप लगाउने भएको हो ।

खोप बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म  लगनखेलको पशु सेवा केन्द्र, पाटन हाइस्कुल, महानगरपालिकाको प्राङ्गण, धापाखेल स्वास्थ्यचौकी, बालकुमारी स्कुल, कार्यविनायक स्कुल, हरिसिद्धि स्वास्थ्य चौकी र सैबु स्वास्थ्य चौकीमा लगाइने महागरपालिकाले जनाएको छ ।

 पहिलो डोज लगाएका ७० वर्षमाथिका  ज्येष्ठ नागरिकका साथै जनप्रतिनिधि, कर्मचारी तथा स्वास्थ्य स्वयमसेवकहरु गरी २  हजार ५०० जनालाइ खोप लगाइने छ ।

खोप लगाउनेले सम्बन्धित वडा कार्यालयको सिफारिस, पहिलो डोज खोप लगाएको कार्ड र उमेर खुल्ने प्रमाणपत्रसमेत लिएर उपस्थित हुनु पर्ने महानगरले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया