चीनमा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध, बैंक र भुक्तानी सेवाहरूलाई कारोबार रोक्न निर्देशन

२ बर्ष अगाडि

चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्धलाई थप प्रभावकारी बनाउन बैंक र भुक्तानी सेवाहरूलाई यसको कारोबार रोक्न निर्देशन दिएको छ।

गत शुक्रवार चीनले सिचुवान प्रान्तमा भइरहेको बिटकोइनको माइनिङ कार्यलाई रोक्न आदेश दिएपछि यो नयाँ निर्देशन दिएको बिबिसिले जनाएको छ ।

सोमबार बिटकोइनको मूल्य १० प्रतिशतले कम भएको थियो तर मङ्गलवार भने स्थिर भयो।

एप्रिलमा प्रतिबिटकोइन ६३,००० अमेरिकी डलर पुगेको मूल्य अहिले त्यसको झन्डै आधा छ।

सोमवार केन्द्रीय पीपल्स ब्याङ्क अफ चाइनाले हालै मुख्य ब्याङ्क र भुक्तानी सेवाहरूलाई बोलाएर क्रिप्टोकरेन्सीको कारोबारमा कडाइ गर्न निर्देशन दिएको बताएको हो।

एग्रिकल्चरल ब्याङ्क अफ चाइनाले केन्द्रीय ब्याङ्कको निर्देशन पालना गर्दै क्रिप्टोकरेन्सी माइनिङ र कारोबारजस्ता गैरकानुनी गतिविधिलाई रोक्न सबै ग्राहकको खाताको परीक्षण गर्ने बताएको छ।

पोस्टल सेभिङ ब्याङ्कले पनि किप्टोकरेन्सी कारोबार नगर्ने बताएको छ।

मोबाइल र अनलाइन भुक्तानी सेवा अलिपेले गैरकानुनी क्रिप्टोकरेन्सी कारोबार रोक्न निरीक्षण प्रणाली विकास गर्ने बताएको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया