एम्बुलेन्स र शव बाहनमा जीपीएस जडान

२ बर्ष अगाडि

जिल्लामा हाल संचालनमा रहेका  एम्बुलेन्स र शव बाहनमा जीपीएस प्रणाली जडान गरिएको छ । स्वास्थ्य कार्यालय भक्तपुरकी तथ्यांक सुपरीवेक्षक तथा सूचना अधिकारी अस्मिता ढुंगानाका अनुसार प्रदेश सरकारद्धारा आर्थिक वर्ष २०७७÷७८मा विनियोजित रकमले यो वर्ष २० वटा एम्बुलेन्स र शवबाहनमा जीपीएस प्रणाली जडान गरिएको हो ।

‘जिल्लामा रहेका जम्मा २९ वटा एम्बुलेन्स मध्ये ९ वटामा पहिल्यै जडान भएको र बाँकी २० वटामा भर्खरै जडान गरेका छौं, ढुंगानाले भनिन् । ९ वटामा सम्बन्धित अस्पतालले पहिलानै सो प्रणाली जडान गरेका थिए । 

भक्तपुर जिल्लामा रहेका सबै एम्बुलेन्स र शव वाहनमा जीपीएस जडान गर्ने काम सम्पन्न भैसकेकोले एम्बुलेन्स  वा शव वाहन चाहिएमा सिधै पैसा नलाग्ने फोन नम्बर १०२ सम्पर्क गर्न सकिने कार्यालयले जानकारी दिएको छ । 

एउटामा सवारी साधनमा सो प्रणाली जडान गरेको ६ हजार रुपैयाँ लागेको समेत सूचना अधिकारी ढुंगानाले जानकारी दिएकी छन् । यसको जडानपछि कुन एम्बुलेन्स कहाँ छ कता पुग्यो  भनेर थाहा पाउन सकिने छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया