अमेरिकाले थप १ करोड ६० लाख खोप दिने, नेपाललाई कति ?

२ बर्ष अगाडि

अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई थप १ करोड ६० लाख खोप दिने भएको छ । अमेरिकाले वितरण गर्न लागेको ५ करोड ५० लाख खोपमध्ये नेपाललगायत एसियाली मुलुकका लागि १ करोड ६० लाख खोप छुट्याइएको हो । 

यसमध्ये नेपालले कति पाउँछ भनेर चाहिँ छुट्याइएको छैन । सबै खोप कोभ्याक्स सुविधाबाट प्रदान गरिने ह्वाइट हाउसले जानकारी दिएको छ । 

यसअघि गत जेठ २० मा पनि अमेरिकाले नेपाललगायत एसियाली मुलुकहरूलाई ७० लाख खोप दिने घोषणा गरेको थियो । कोभिड–१९ बिरुद्धको लडाइँमा अमेरिकाले ८ करोड डोज खोप वितरण गर्ने लक्ष्य लिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया