८० अंकले बढेको शेयर बजारमा कारोबार रकम १० अर्बमा सिमित, ३३ कम्पनीको शेयरमुल्य सकरात्मक सर्किट लेभमा वृद्धि

२ बर्ष अगाडि

काठमाडौं, सातको तेस्रो दिन मंगलबार झन्डै ८० अंकले बढेको छ। यस दिन कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य बढ्दा नेप्से सूचक उच्च अंकले बढेको हो।

मंगलबार नेप्से सूचक ७९.४४ अंकले बढेर २९१३.८४ विन्दुमा पुगेको छ भने सेन्सेटिभ सूचक पनि १६.१९ अंकले बढेर ५३६.३४ विन्दुमा पुगेको छ।

यस दिन २२३ वटा कम्पनीको १ करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर १ लाख १२ हजार ५० पटक किनबेच हुदाँ १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

३३ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

मंगलबार कारोबारमा आएका ३३ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ। यस दिन पाँच कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने २८ कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ। मंगलबार जानकी फाइनान्स,बरुण हाइड्रोपावर,जलविद्युत लगानी तथा विकास कम्पनी, ङादी ग्रुप पावर र पञ्चकन्या माइ हाइड्रोपावर उच्च रुपले शेयरमूल्य बढ्ने कम्पनीको शीर्ष स्थानमा छन्।

मंगलबार नेपाल पुनर्बीमा कम्पनीको मात्रै १ अर्ब ४९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने जलविद्युत लगानी तथा विकास कम्पनीको ३२ करोड २५ लाख, नेशनल हाइड्रोपावरको २६ करोड ३४ लाख र नेपाल इन्फ्रास्टक्चर बैंकको २० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

यस दिन कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएका छन्। जसमा विकास बैंक,हाइड्रोपावर र फाइनान्स कम्पनी उपसमूहको सूचक ५ प्रतिशतभन्दा धेरैले बढेको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया