स्रोत नखुलेको करिब ४० लाखसहित ३८ वर्षीय एक युवक पक्राउ

२ बर्ष अगाडि

काठमाडौं, महोत्तरीको मटिहानी–जनकपुर सडकखण्डअन्तर्गत मंगलवार दिउँसो स्रोत नखुलेको करिबब ४० लाख रुपैयाँसहित १ युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसरनियाँ गाउँपालिका–१ का ३८ वर्षीय संजयकुमार साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले बताए ।

मटिहानीबाट जनकपुर जाँदै गरेको युवक साहलाई मटिहानी नगरपालिका–९ स्थित विग्ही नदीको पुलमाथि प्रहरी चौकी मटिहानीका प्रमुख प्रहरी नायव निरीक्षक सुमन सिंहको नेतृत्वमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट स्रोत नखुलेको ३९ लाख ८० रुपैयाँ बरामद भएको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया