दुई विकास बैंकले पाए २ अर्ब ७५ करोड बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति, कुन बैंकको कति कित्ता ?

२ बर्ष अगाडि

काठमाडौं ।  मुक्तिनाथ विकास बैंक र ज्योति विकास बैंकलाई ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएका छन ।

ज्योति विकास बैंकलाई रू. १ अर्ब ५० करोड बराबरको १५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न जेठ २७ गते बोर्डले अनुमति दिएको हो । 

उक्त कम्पनीले १५ लाख कित्ता ऋणपत्रमध्ये ६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ९ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ । कम्पनीले वार्षिक ९ प्रतिशत ब्याजदरमा आगामी १० वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

त्यसैगरी मुक्तिनाथ विकास बैंकले रू. १ अर्ब २५ करोड बरावरको १२ लाख ५० हजार ऋणपत्र निष्कासन गर्न मंगलवार धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले जसमध्ये ५ लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ७ लाख ५० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ ।

कम्पनीले वार्षिक ८.७५ प्रतिशत ब्याजदरमा ७ वर्षसम्मका लागि ऋणपत्र निष्कासन गर्न लागेको हो । विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया