अन्तर्राष्ट्रिय उडान खुल्दै, कुन देशमा हप्तामा कति उडान ?

२ बर्ष अगाडि

काठमाडौं, कोरोना महामारीका कारण  वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु भएको एक हप्ता अर्थात वैशाख २३ गतेदेखि बन्द भएको अन्तर्राष्ट्रिय उडान सिमित संख्यामा खुल्ने भएको छ। 

सरकारले टर्की, कतार र भारतमा सिमित उडान हुँदै आएकोमा अबदेखि साउदी अरेविया, युएई, मलेसिया, जापान, चीन र दक्षिण कोरियामा पनि उडान हुने भएको छ। 

कतारमा हप्तामा चार, टर्की दुई, दुबई चार, साउदीको दमाममा दुई,ओमनमा एक, मलेसियामा चार, जापानमा एक, दक्षिण कोरियामा एक र चीनमा चार उडान हुने छन्। चीनमा छेन्दु र ग्वाङजाउमा उडान हुनेछ। 

२ बर्ष अगाडि

प्रतिक्रिया