दोहोरो अंकले घटेको शेयरबजारमा १४९ कम्पनीको शेयरमुल्यमा गिरावट, कारोबार रकम कति  ?

२ बर्ष अगाडि

काठमाडौं, आज साताको अन्तिम दिन (बिहीबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १७.६९ अंकले घटेर २८४२.२८ विन्दुमा पुगेको छ ।  कारोबारको  दोस्रो घण्टामा ०.६२ प्रतिशतले घटेको हो ।  

दोस्रो घण्टाको अवधिमा २१३ ओटा कम्पनीको ३० हजार ९०६ पटकको कारोबारमा ५४ लाख ६२ हजार ३८२ कित्ता शेयरको रू.२ अर्ब ७९ करोड ८२ लाख बराबरको कारोबार भएको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू १८ करोड ५८ लाख बराबरको शेयर कारोबार भएको छ । 

आज  २१३ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २३ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १४९ शेयरमूल्य घटेको छ । १० कम्पनीको मूल्य स्थीर रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया