एक लाख वर्ष अगाडि जीवित रहेको मानवको अज्ञात प्रकार पत्ता लाग्यो

२ बर्ष अगाडि

इजरेलमा अध्ययनकर्ताहरूले एक लाख वर्षभन्दा अगाडि जीवित आदिम मानवको अहिलेसम्म अज्ञात एक प्रकार पत्ता लगाएका छन्।

राम्ला सहरनजिक भेटिएको अवशेष त्यस्तो प्रकारको प्राचीन मानवको अन्तिममध्येका एक व्यक्तिको हुनसक्ने अध्ययनकर्ताहरूको विश्वास छ।

उत्खनन गरिएका जिवावशेषमा १,२०,००० देखि १,४०,०० वर्षअगाडि जीवित रहेको मानवको खप्परको अंश र चिउँडो छन्।

यसको विस्तृत विवरण साइन्स जर्नलमा प्रकाशित गरिएको छ।

अध्ययनकर्ताहरूले सो व्यक्ति युरोपमा नीयान्डर्टालको पुर्खाका रूपमा सयौँ हजार वर्षअगाडि यो भूभागमा छरिएका प्रजातिको सन्तान हुनसक्ने विश्वास गरेका छन्।

वैज्ञानिकहरूले आदिम मानवको यो नयाँ प्रजातिको वंशलाई 'नेशर राम्ला होमो'प्रकार भनेर नामकरण गरेका छन्।

तेल अभिभ विश्वविद्यालयकी डा। हिला मेले यो खोजले नीयान्डर्टाल र मानव विकास क्रमसम्बन्धी विवरणलाई नयाँ आकार दिने बताइन्।

नीयान्डर्टाल विकास क्रमलाई यसअघि युरोपसँग जोडिने गरिएको थियो।बिबिसि 

२ बर्ष अगाडि

प्रतिक्रिया