के.सी.एल. अस्ट्यूट क्यापिटलले बोलायो विशेष साधारणसभा

२ बर्ष अगाडि

काठमाडौं– के.सी.एल. अस्ट्यूट क्यापिटल लिमिटेडले विशेष साधारणसभा बोलाएको छ ।

कम्पनीले गरिमा विकास बैंक लिमिटेड बिच गरिमा विकास बैंक लिमिटेडद्वारा के.सी.एल अस्ट्यूट क्यापिटल लिमिटेडको शेयर लगानी स्वामित्व खरिद गर्ने सम्बन्धी भएको सम्झौता पारित गर्ने छ । साथै कम्पनीको पूँजी वृद्धि गर्न सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्ने छ । यस्तै कम्पनीको नाम संशोधन गरी नयाँ नाम गरिमा क्यापिटल लिमिटेड कायम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतमा विषय माथी छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ ।

सभा आगामी साउन ८ गते कम्पनीको केन्द्रीय कार्यालय हात्तिसारमा दिउसो १ बजे बस्ने कम्पनीले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया