राजस्व उठ्ने क्रम बढदै, हिजो मात्र सरकारको ढुकुटीमा ५ अर्ब ६९ करोड रुपैयाँ थपियो

असार २५, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं, आर्थिक वर्ष सकिन एक साता पनि छैन । यस बिचमा सरकारको राजस्व उठ्ने क्रम भने बढिरहेको छ । दैनिक ५ अर्ब रुपैयाँ भन्दा बढी राजस्व उठ्न थालेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । हिजो मात्र सरकारको ढुकुटीमा ५ अर्ब ६९ करोड रुपैयाँ थपिएको छ । सरकारको ढुकुटीमा असारको २४ दिनमा ५८ अर्ब ३० करोड ११ लाख रुपैयाँ राजस्व आएको छ । असार मसान्तसम्म आर्थिक वर्षको कर तिर्ने अन्तिम समय पनि भएकाले यस महिना धेरै राजस्व उठ्ने गरेको छ । गत जेठमा ५१ अर्ब ३३ करोड रुपैयाँ राजस्व उठेको थियो । गत वर्ष असार २४ गतेसम्म ७ खर्ब १७ अर्ब ५ करोड ९४ लाख रुपैयाँ राजस्व उठेको थियो। सो वर्ष असारको २४ दिनमा ६७ अर्ब बढी राजस्व उठेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कमा छ । यस आधारमा हेर्दा गत वर्षको यसै अवधिको तुलनामा बढी राजस्व उठेको देखिन्छ । 

सरकारले चालु आर्थिक वर्ष ८ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८६.१६ प्रतिशत हो । यो कर तथा गैर कर आम्दानी हो । सरकारले यो वर्ष १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य बजेट मार्फत लिएको थियो । 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८