शाहरुख खान र संजय दत्त पहिलो पटक एकैसाथ देखिने

२ बर्ष अगाडि

बलिउड अभिनेता द्वय शाहरुख खान र संजय दत्त पहिलो पटक एकैसाथ देखिने भएका छन् । 
आआफ्नो फिल्ममा दमदार अभिनय प्रस्तुत गर्दै आएका शाहरुख र संजय अब भने एउटै फिल्ममा देखिने भएका हुन्।

दुवै एकसाथ बहुभाषी फिल्म ‘राखी’मा देखिने  भएका  हुन् । शाहरुख र संजयले फिल्मको सुटिङ अहिले मुम्बईमा गरिरहेको बताइएको छ । फिल्मको निर्माता वायाकोम १८ रहेको छ ।

शाहरुख र संजयको अलग अगल रुपमा भने आउँदो फिल्म ‘पठान’मा शाहरुख र ‘भुज द प्राइड अफ इन्डिया’मा संजय देखिँदैछन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया