चर्को भाडा असुली गरेको सर्वत्र विरोधपछि हिमालय एयरलाइन्सको प्रष्टीकरण, के भन्छ ?

२ बर्ष अगाडि

काठमाडौं - हिमालय एयरलाइन्सले आफुहरुले यात्रुबाट महङ्गो भाडा नलिएको स्पष्टोक्ति दिएको छ । 

नेपाल–चीन संयुक्त उद्यम एयरलाइन्स (हिमालय एयरलाइन्स) ले हालैमात्र हवाई उडान सुरु गरेको साउदी अरबको दमाममा यात्रुहरूसँग चर्को भाडा असुली गरेको र होटल क्वारेन्टिनको समेत महङ्गो शुल्क लिएको भन्दै सर्वत्र विरोध आइरहेका बेला एयरलाइन्सले यस्तो बताएको हो । 

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले सो सम्बन्धमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको समेत जनाएको छ । कम्पनीको बन्डल भाडामा भित्रको खर्चहरू स् एयरलाइन्स आधार भाडा, सबै नियामक करहरू, होटल यातायात र ७ रात होटेल बसोबास शुल्क, (बिहानको खाजा, खाना, डिनर सामेल) र दमाम आइपुग्दा गरिने २ पीसीआर परीक्षणको सुविधासमेत रहेको जनाएको छ । 

साउदी अरब सरकारको निर्देशिकाअनुसार, यात्रुहरु स्वयं क्वारेन्टाइनमा बस्ने अनुमति नभएको र त्यहाँको सरकारले तोकेको क्वारेन्टिन होटलमा बस्नुपर्ने नियम अनिवार्य भएकोले नियमित हवाइ बन्डल भाडाको तुलनामा अहिलेको भाडा अलि महँगो भएको कम्पनीले जनाएको छ ।  यसमा दमाामका लागि अतिरिक्त होटल क्वारेन्टिन शुल्क ६०५ र हवाई भाडा ४०५ मात्र रहने समेत कम्पनीले स्पष्ट पारेको छ । 

हिमालय एयरलाइन्सले हवाई उडान सुचारु भएपश्चात साउदी अरबको दमाममा साप्ताहिक दुईवटा उडानहरू सञ्चालन गर्दै आइरहेको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिन थालेपछि गरिएको निषेधाज्ञाअघि यस एयरलाइन्सले सेप्टेम्बर १, २०१७ सालदेखि दमाममा नियमित १० प्रत्यक्ष उडान सेवा प्रदान गर्दै आइरहेको थियो । 

भर्खरै उडानहरू पुनः सुरु भएपछि, दमाम, साउदी अरब उडान गर्ने यात्रुहरूको बहाव बढेकाले जुलाई ११, २०२१ देखि चार साप्ताहिक उडान सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया