अल्लू अर्जुनकी चार वर्षीय छोरीले  फिल्म ‘शकुन्तलम’बाट डेब्यू गर्दै

२ बर्ष अगाडि

काठमाडौं, साउथका सुपरस्टार अल्लू अर्जुन आफ्नो अभिनय, एक्सन र नृत्यबाट दर्शकको मनमा बसेका उनी साउथका सर्वाधिक डिमान्डेड र महंगा अभिनेतामध्ये एक हुन् । 
 
अब उनकी चार वर्षकी छोरी अल्लू अरहाले पनि अभिनयमा डेब्यू गर्ने भएकी छन् । अभिनेत्री सामन्था अक्किनेनीको मुख्य भूमिका रहने फिल्म ‘शकुन्तलम’ मा अल्लू अर्जुनको छोरीले अभिनय गर्नेछिन् । उनी स्वयंले सोसल मिडियाबाट छोरीले फिल्ममा डेब्यू गर्न लागेको जानकारी दिएका हुन् । चौथो पीढीले फिल्ममा आफ्नो सुरुवात गर्न लागेकोमा उनले खुसी व्यक्त गरेका छन् ।
 
अल्लू अर्जुनको परिवारको तीन पीढी पहिलादेखि नै साउथ फिल्ममा आबद्ध छ । उनका हजुरबुबा, बुबा र अल्लू अर्जुन स्वयं फिल्मसँग जोडिएका छन् । अब यो परिवारको चौथो पीढीले फिल्ममा पाइला राख्न लागेको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया