‘बजरंगी भाइजान’ रिलिजको  ६ वर्ष पूरा, के आउला त पार्ट २ ?

२ बर्ष अगाडि

काठमाडौं, कबीर खानको निर्देशनमा बनेको सुपरहिट फिल्म ‘बजरंगी भाइजान’ रिलिजको आइतवारबाट ६ वर्ष पूरा भएको छ । यो फिल्ममा सलमान खान, करीना कपूर, हर्षाली मल्होत्रा र नवाजुद्दीन सिद्दीकीले मुख्य भूमिकामा काम गरेका थिए । फिल्मका लेखक केवी विजेन्द्र प्रसादले आइतवार पिंकविलासँग कुराकानी गर्दै अहिले आफूले सिक्वेलका लागि स्क्रिप्टमा काम गरिरहेको बताएका छन् ।
 
उनले भनेका छन्, ‘फिल्मको दोस्रो पार्टका लागि अहिले दमदार स्क्रिप्टमा काम भइरहेको छ । केही समय अगाडि मैले सलमान खानलाई सिक्वेलको आइडिया सुनाएको थिएँ । उहाँलाई फिल्मको आइडिया मन परेको छ र स्क्रिप्ट फाइनल गर्न भन्नुभएको छ ।’ सलमान खानको प्रोडक्सन हाउसले निर्माण गरेको ‘बजरंगी भाइजान’ ले भारतमा मात्र चार सय करोडको कमाई गरेको थियो ।
 
यो फिल्मलाई सलमान खानको करिअरको सबैभन्दा उत्कृष्ट मानिन्छ । फिल्ममा उनको अभिनयले दर्शकको मन छोएको थियो । 

२ बर्ष अगाडि

प्रतिक्रिया