४४ मेगापिक्सल सेल्फी क्यामेरा भएको  ‘भी २१’ फोन बजारमा, कति छ मुल्य

२ बर्ष अगाडि

भिभोले ‘भी २१’ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ । एन्ड्रोइड ११ मा आधारित यो फोन फोरजी र फाइभजी दुवै अप्सनका साथ बजारमा आएको हो।

यसको सेल्फी खिच्ने फ्रन्ट क्यामेरा विशेष मानिएको छ । स्मार्टफोनमा आकर्षक अप्टिकल इमेज स्टेबलाइजेसन (ओआईएस) भएको फ्रन्ट क्यामेरा जडान गरिएको छ ।

फोनमा ४४ मेगापिक्सेल ओआईएस नाइट सेल्फी प्रणालीको फ्रन्ट क्यामेरा  रहेको छ ।  ६४ मेगापिक्सेल ओआईएस नाइट क्यामेराले उच्चस्तरको फोटो निकाल्छ । 

भी २१ मा विभिन्न विशेषता रहेका छन् । यसले दोहोरो दृश्य भिडियो खिच्न सक्दछ । जसमा आर्ट फोटोहरु समावेश गर्न सकिन्छ । ७.२९ मिलिमिटर बनोट रहेको यो फोन स्टाइलिस्ट र सोफिस्टिकेटेड समेत छ । 

यो स्मार्टफोन एमटीके डाइमेन्सिटी ८०० यु प्रोसेसर मा चल्दछ भने यसमा ९० हर्जको डिस्प्ले रिफ्रेस रेट रहेको छ । यसमा ३३ वाटको फ्ल्यास चार्ज उपलब्ध छ ।

स्लिक र स्लिम डिजाइनमा उपलब्ध भी २१ मा नयाँ अनुभव प्रदान गर्ने गरी आधुनिक प्रविधि समावेश गरिएको कम्पनीले जनाएको छ । नेपाली बजारमा यो फोनको मूल्य ४९,९९९ रूपैयाँ तोकिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया