आज जेफ बेजोस सहित ४ जना अंतरिक्षमा जाँदै, कति समयमा पूरा होला यात्रा ?

२ बर्ष अगाडि

अमेरिकाका अर्बपति व्यापारी तथा अमेजनका संस्थापक जेफ बेजोस मंगलबार तीन अन्य मानिससँग अंतरिक्षको उडान भर्नेछन् ।

यो यात्रामा बेजोससँग उनका भाइ मार्क बेजोस, ८२ वर्षकी पूर्व पाइलट वेली फंक र १८ वर्षका विद्यार्थी ओलविर डायमेन हुनेछन् ।

यी सबैजना बेजोसको कम्पनी ब्लू ओरिजनको अंतरिक्षयान ‘न्यू शेफर्ड’ बाट उडान भर्नेछन् । ब्लू शेफर्डलाई अंतरिक्ष पर्यटनलाई प्रोत्साहन दिने तरिकाले डिजाइन गरिएको छ ।

न्यू शेफर्डमा असाध्यै ठूल्ठूला झ्याल छन् जसका कारण यसमा सवार सबै मानिसहरु अंतरिक्षबाट धर्तीको सुन्दर दृश्य देख्न सक्छन् ।

उडान अघि सीबीएस न्यूजलाई दिएको एक अन्तर्वार्तामा बेजोसले भने, ‘म उत्साहित छु । मानिसहरुले मलाई के म नर्भस छु भनेर सोधिरहेका छन् । साँचो भन्ने हो भने म नर्भस छैन । म उत्सुक छु । हामीले त्यहाँ के सिक्नेछौं भनेर जान्न उत्सुक छु ।’

उनले भने, ‘हामी तालिम लिएर बसिरहेका छौं । अंतरिक्षयान तयार छ । क्रु तयार छ र हाम्रो समूह अद्भूत छ । हामी यसबारे साँच्चै नै निकै राम्रो महसुस गरिरहेका छौं ।’

चार मिनेटसम्म जिरो–ग्राभिटीको अनुभवः

वेली फंकले भनिन्, ‘अन्त्यमा यो वास्तविकतामा परिणत हुँदैछ । मैले यसका लागि लामो प्रतीक्षा गरेकी छु र लामो समयदेखि यो सपना देख्दै आएको छु ।’

उनका अनुसार जब अंतरिक्षमा उनको भार शून्य हुनेछ तब उनीहरु टाउको माथि गरेर कसरत गर्नेछन् ।

सन् १९६० को दशकमा वेली फंक मर्करी १३ जना महिला भएको एउटा यस्तो समूहको हिस्सा थिइन् जसले पुरुष अंतरिक्ष यात्रीले झैं टेस्ट र स्क्रिनिङको प्रक्रियाबाट गुज्रनुपर्यो तर कहिल्यै अंतरिक्ष जाने मौका दिइएन ।

न्यू शेफर्ड नेपाली समायानुसार मंगलबार बेलुका पौने सातबजे अमेरिकाको टेक्ससबाट उडान भर्नेछ । यसलाई जेफ बेजोसको नीजि लञ्च साइट वेन हर्नबाट एउटा रकेटमार्फत् लञ्च गरिनेछ ।

जेफ बेजोस, उनका भाइ मार्क बेजोस, वेली फंक र ओलिवर डायमेनलाई लिएर यो स्पेस क्याप्सुल आफ्नो बुस्टरबाट करिब ७६ किलोमिटरको उचाईमा अलग हुनेछ । त्यसपछि रकेट आफ्नो खुट्टामा लञ्च प्याडभन्दा दुई मिल पर ल्याण्ड गर्नेछ जबकी क्याप्सुल अंतरिक्षमा १०६ किलोमिटरसम्म आफ्नो यात्रा जारी राख्नेछ ।

जेफ बेजोसले सीबीएस न्यूजलाई भने, ‘हामी लगभग चार मिनेटसम्म जिरो ग्राभिटी ९शून्य गुरुत्वाकर्षण० मा रहनेछौं, हामी आफ्नो सीटबाट उठ्नेछौं, चारैतिर तैरनेछौं र धर्तीको वायुमण्डललाई हेर्नेछौं ।’

जेफ बजोसलाई अंतरिक्षमा लैजाने न्यू शेफर्डः

जेफ बेजोसको कम्पनी ब्लू ओरिजिनका अनुसार स्पेस क्याप्सूल न्यू शेफर्डबाट देखिने दृश्य शानदार र जिरो ग्राभिटीको अनुभव अद्भूत हुनेछ ।

अधिकतम उचाईमा  पुगेपछि क्याप्सूल तल आउन थाल्नेछ र यात्रीलाई प्यारासुटमार्फत् नरम बालुवामा ल्याण्ड गराइनेछ ।

ब्लू ओरिजिनको योजना आफ्ना यात्रीलाई धर्तीको सतहभन्दा १०० किलोमिटरभन्दा माथिमा उचाईमा लैजाने हो जहाँ उनीहरुले माइक्रोग्राभिटी ९जहाँ गुरुत्वाकर्षण अत्यधिक कमजोर छ० महसुस गर्नेछन् ।

यो यात्रा १० मिनेटमा पूरा हुने आशा गरिएको छ र यात्री धर्तीमा प्यारासुटमार्फत् फिर्ता हुनेछन् ।
अत्यधिक खर्च र आलोचनाः

ओलिवर डायमेनले यो मौका ती अज्ञात व्यक्तिको सट्टा पाएका हुन् जसले यसका लागि एक सार्वजनिक लिलामीमा २८ मिलियन डलरको अन्तिम बोली लगाएका थिए ।

जेफ बेजोसको स्पेस कम्पनी ब्लू ओरिजिनका अनुसार यो मौकाका लागि लिलामीमा सबैभन्दा धेरै बोली लगाउने व्यक्ति समयको कमीका कारण मिसनमा जान सक्षम भएनन् ।

ब्लू ओरिजिनका अनुसार जोएस डायमेनले दोस्रो फ्लाइटका लागि सीट बुक गराएका थिए तर जब पहिलो बिजेताले आफ्नो नाम फिर्ता लिए तब उनलाई यो मौका दिइयो । तर त्यसपछि जोएस डायमेनले आफ्नो साटो छोरालाई पठाउने निर्णय गरे ।

ओलिवर डायमेन भौतिक विज्ञानका छात्र हुन् । यस्तै वेली फंक यो यात्रापछि अंतरिक्षमा जाने सबैभन्दा उमेरदार महिला बन्नेछिन् ।

यद्यपि, अंतरिक्षमा जानका लागि अत्यधिक खर्च गरेकोमा जेफ बेजोस र रिचर्ड बेनसनको अत्यधिक आलोचना पनि भइरहेको छ । अर्बपतिले यो पैसाको प्रयोग जलवायु परिवर्तनविरुद्धको लडाईं वा महामारीसँग जुध्नका लागि लगाउन सक्थे भनेर थुप्रैले भनिरहेका छन् ।

बीबीसी

२ बर्ष अगाडि

प्रतिक्रिया