के विज्ञापनमा मात्र सिमित हो त प्रदिप र नीति जोडी ?

२ बर्ष अगाडि

काठमाडौं, अभिनेता प्रदीप खड्का र सुन्दरी नीति शाहको फिल्ममा जोडी बाँधिएको हेर्ने दर्शकको ठूलो इच्छा छ । 
 
निर्माता सन्तोष सेनले सबभन्दा पहिला फिल्म ‘प्रेमगीत ३’ मा प्रदीप र नीतिको जोडी बाँध्ने तयारी गरेका थिए । नीति स्वयंले प्रदीप खड्का अभिनीत फिल्म ‘लभ स्टेशन’ हेरेर बाहिरिँदै गर्दा आफूलाई ‘प्रेमगीत ३’ बाट अफर भएको र काम गर्ने सम्भावना बलियो रहेको बताएकी थिइन् । तर, पछि उनले फिल्म रिजेक्ट गरिन् । उनले योसहित अरु धेरै फिल्मको प्रस्ताव नकारिसकेकी छन् । 
 
डिसहोमको विज्ञापनमा काम गरेपछि प्रदीप र नीतिको विज्ञापनको दुनियाँमा माग बढेको छ । यसैक्रममा, उनीहरुले दोस्रो पटक विज्ञापनमा काम गरेका छन् । सोमवार उनीहरुले राजधानीको एक स्टूडियोमा एकसाथ विज्ञापनका लागि फोटोसुट गराए । लामो समयपछि सँगै काम गर्न पाउँदा दुबै खुसी देखिन्थे । तर, दर्शकले यो जोडीलाई विज्ञापनमा भन्दा पनि फिल्ममा हेर्न चाहेका छन् । 
 
२०१७ मिस नेपालकी सेकेण्ड रनरअप नीतिको सुन्दरताको निकै धेरै चर्चा हुने गरेको छ । नेपाली फिल्ममा प्रवेश गरे उनले राम्रो स्थान बनाउन सक्ने कतिपयको विश्लेषण छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया