एमिललाई तीन स्वर्ण

२ बर्ष अगाडि

काठमाडौं– नेपालको एमिल तेक्वान्दो डोजाङका खेलाडीले तेस्रोे एमके क्लासिक खुला अन्तर्राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा तीन स्वर्ण जितेका छन् । त्यसका अलावा एमिलका खेलाडीले समान एक–एक रजत र कांस्य पनि जिते ।

पुरुष यु–१० मा एड्रिम राई र यु–९ मा कर्मा तामाङ तथा महिला यु–७ मा विशेषता रन्जितले स्वर्ण चुमे । पुरुष यु–९ मा आराध्यादेव अछामीले रजत तथा यु–१३ ब्ल्याकबेल्टमा स्वरुप बायुङ राईले रजतपदक हात पारेको एमिलका प्रमुख प्रशिक्षक विश्व राईले जानकारी दिए। 

प्रतियोगितामा राईले निर्णायकको भूमिकासमेत निर्वाह गरेका थिए । प्रतियोगितामा एमिलबाट पाँच खेलाडी सहभागी भएकामा पाँचै जनाले पदक हात पार्न सफल भएका हुन् । प्रतियोगिता भारतमा जुलाई १६ देखि १८ तारिखसम्म भएको थियो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया