साउन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लक्ष्मी उन्नत्तीको लाभांश पाउने, कति प्रतिशत ?

२ बर्ष अगाडि

काठमाडौं - लक्ष्मी उन्नत्ती कोषले नगद लाभांश वितरण गर्ने प्रयोजनका लागि बुकक्लोज मिति तोकेको छ । 

कम्पनीले नगद लाभांश वितरण गर्नको लागि साउन १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।  त्यसैले साउन १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

लक्ष्मी बैंकद्वारा प्रवर्द्धन गरिएको लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित लक्ष्मी उन्नत्ती कोषको साउन ५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को लागि यस योजनाको इकाईधनीहरूलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने घोषणा गरेको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया