नेपालीसहित १६ वटा देशका नागरिकलाई यूएई प्रवेशमा अनिश्चितकालीन प्रतिबन्ध, कुन-कुनको ?

२ बर्ष अगाडि

काठमाडौं - यूएईले नेपाललाई कोरोना संक्रमणको उच्च जोखिम भएको देशको सूचीमा यथावत राखेको छ । यूएईको नागरिक उड्डयन प्राधिकरण ९जीसीएए०ले आइतबार नयाँ नियम जारी गर्दै नेपाललाई ‘रेड जोन’मै राखेको हो ।

यससँगै नेपाली नागरिकलाई यूएईले आफ्नो देश प्रवेशमा लगाएको यात्रा प्रतिबन्ध अनिश्चितकालका लागि लम्बिएको छ । जीसीएएले अर्को सूचना जारी नभएसम्म प्रतिबन्ध कामय रहने जानकारी दिएको छ ।

यूएईले नेपालसहित १६ वटा देशलाई ‘रेड जोन’मा समावेश गरेको छ । यूएईले नेपालसहित भारत, बंगालादेश, पाकिस्तान, श्रीलंका, लाइबेरिया, नामिबिया, अफगानस्तान, सिएरा लिओन, गणतान्त्रिक कंगो, इण्डोनिसया, युगान्डा, जाम्बिया, भियतनाम, नाइजेरिया र दक्षिण अफ्रिकाका नागरिकलाई पनि आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

यसअघि उसले २१ जुलाइसम्म नेपाली यात्रुलाई आफ्नो देश प्रवेशमा रोक लगाएको थियो । तर नेपाललाई अझै पनि कोरोनाको उच्च जोखिममा राखेपछि नेपाली कामदारहरु यूएई जान बञ्चित भएका छन् । 

हाल अमेरिकी सरकारले उपलब्ध गराएको कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सन कम्पनीको खोप अभियान शुरु भएको छ । जसअन्तर्गत वैदेशिक रोजगारमा जाने कामदारहरुलाई पनि खोप लगाउन दिइएको छ । तर खोप केन्द्रबारे पर्याप्त जानकारी नहुँदा कामदारहरुले सहजरुपमा खोप लगाउन पाएका छैनन् । 

अधिकांश खाडी लगायतका रोजगार गन्तब्य मुलुकले आफुले अनुमति दिएको खोप लगाएका नागरिकलाई मात्र प्रवेश अनुमति दिने भनेको छ । ती मुलुकले अनुमति दिएको खोपमध्ये नेपालमा जोन्सन एण्ड जोन्सनको खोप मात्र उपलब्ध छ । 

तर त्यस खोपमा पनि वैदेशिक रोजगारमा जाने कामदार उच्च प्राथमिकतामा नपरेपछि कयौंको रोजगारी गुम्ने तथा नयाँ कामदार रोजगारका लागि जान बञ्चित हुने अवस्था सिर्जना भएको छ ।

 
 

२ बर्ष अगाडि

प्रतिक्रिया