मध्य भोटेकोशीको आईपीओमा पहिलो दिन कति पर्यो आवेदन ?

२ बर्ष अगाडि

काठमाडौं - मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले साउन ५ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूलाई पुन स् निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर ९आईपीओ० मा पहिलो दिन मंगलबार आयोजना प्रभावित र स्थानीयका तर्फबाट २८१ वटा आवेदन परेको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलका अनुसार मंगलबार तोकिएका आवेदन केन्द्र तथा इसेवाबाट उक्त संख्यामा आवेदन परेको जनाएको छ । उल्लेखित आवेदकहरुबाट ७० हजार २६० कित्ता शेयर माग भएको पनि क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार अब आईपीओ छिटोमा साउन १७ गते निष्काशन बन्द हुनेछ भने सो अवधिमा सबै शेयर बिक्री नभएको खण्डमा भने ढिलोमा साउन ३२ गतेसम्म खुला रहनेछ । उक्त मितिभन्दा अगावै सबै शेयर बिक्री भएमा बीचमा नै सार्वजनिक सूचना मार्फत निष्काशन बन्द हुन सक्नेछ ।

लगानीकर्ताले उक्त शेयरमा न्यूनतम ५० कित्तादेखि बढीमा ४०० कित्ताका लागि आवेदन दिन सक्ने छन् । कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता निष्काशन तथा बिक्री खुला गरेको थियो । कोराना संक्रमण बढेपछि विभिन्न जिल्लामा जस्तै सिन्धुपाल्चोकमा पनि निषेधाज्ञा जारी भए पछि स्थानीयलाई बिक्री भैरहेको शेयर बीचमा नै स्थगित गरिएको थियो ।

कम्पनीले पहिलो चरणमा १०० रुपैयाँ अंकित मूल्यको दरमा ६० लाख कित्ता शेयर आयोजना प्रभावितका लागि निष्काशन सुरु गरेको हो । सिन्धुपालचोकका आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि ६० लाख कित्ताको ३० प्रतिशतले हुने १८ लाख कित्ता शेयर निष्काशन गरेको हो ।

कुल निष्काशनको बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि निष्काशन गरिएको हो ।
कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता साधारण शेयर निष्कासन गर्न अनुमति पाएको थियो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया