सामसङ ग्यालेक्सी एफ२२ को प्रि–बुकिङ खुला, मूल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं - सामसङ ग्यालेक्सी एफ२२ को प्रि–बुकिङ खुला भएको छ । यसका लागि सामसङ र दराजबीच सहमति भएको  छ । 

यसै कारण दराजको प्लाटर्फमबाट एफ२२ को प्रि–बुकिङ गर्न सकिनेछ । जुलाइ २१ देखि दराज एपबाट एफ२२ प्रि बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ ।

सामसङ एफ२२ अक्टा कोअर मिडिया टेक हेलियो जी ८० प्रोसेसरलगायत प्रविधि रहेको छ । यस्तै, यस स्मार्ट फोनमा ६ हजार एम्पीयरको ब्याट्री, ४८ मेगापिक्सेल वाइड क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरालगायत विशेषता रहेको कम्पनीले जनाएको छ ।

यो मोबाइल शून्य प्रतिशत ब्याजदरमा मासिक रूपमा किस्ता तिरेर पनि खरिद गर्न सकिने कम्पनीले जनाएको छ । ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भएको एफ २२ को बजार मूल्य २० हजार ५०० रहेको छ । 

साथै ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको एफ२२ को बजार मूल्य २४ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया