पुष्पलाल लोकमार्गमा सुविधासम्पन्न ‘रिफ्रेस सेन्टर’ निर्माण

२ बर्ष अगाडि

यातायात व्यवस्था विभागले मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत दैलेखको साइँगाउँमा सुविधासम्पन्न रिफ्रेस सेन्टर निर्माण गरेको छ । 

रिफ्रेस सेन्टरमा महिला–पुरुष र अपाङ्गतामैत्री शौचालय, खानेपानी, खाजाघर, यात्रु प्रतीक्षालय, गार्डरुम, बाथरुम लगायतका संरचना निर्माण गरिएको छ । यातायात व्यवस्था विभागको रु तीन करोड ३५ लाख लागतमा मजदूर कन्स्ट्रक्शनले निर्माण जिम्मेवारी पाएको हो । 

विभागका साइड इन्जिनीयर धिरजकुमार साहले मध्यपहाडी लोकमार्गमा ३०÷३० मिटरको दूरीमा रिफ्रेस सेन्टर निर्माण गरिएको बताए । यातायात व्यवस्था विभागले लामो रुटमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न चालक र यात्रुका लागि रिफ्रेस सेन्टर सञ्चालनको अवधारणा ल्याएको हो ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया