गण्डकी प्रदेशमा एकैदिनमा थपिए ३ सय ६३ जना संक्रमित, कति जनाको मृत्यु ?

२ बर्ष अगाडि

काठमाडौं, गण्डकी प्रदेशमा थप ३ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३० जनाको नमुना परिक्षण गर्दा १७१ महिला र १९२ जना पुरुष गरी ३६३ जनामा संक्रमण देखिएको हो । 

प्रदेशका ८ जिल्लामा गरिएको नमूना परीक्षणमा कास्की ११२, बागलुङ ३, स्याङ्जा ४६, म्यादी १८, पर्वत ३४, गोरखा १३, लमजुङ २१, तनहुँमा ३८ र नवलपुरमा ७८ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६२ हजार ७२४ पुगेको छ ।


प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–५की ४५ वर्षीय महिला, पोखरा–२९ का ६२ वर्षीय पुरुष र नवलपरासी पूर्व मध्यविन्दू–८ की ७३ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४१ जना पुगेको छ ।

प्रदेशमा पछिल्लो २४ घण्टामा २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ५८  हजार ५७४ पुगेको छ ।  त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ३ हजार १०९ जना पुगेको निर्देशनालयले जनाकारी दिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया