दक्षिण कोरियामा हालसम्मकै धेरै संक्रमित फेला, नेपाली कामदार त्रासमा

२ बर्ष अगाडि

काठमाडौं - नेपाली कामदारका लागी आकर्षक रोजगारको गन्तब्य मानिएको दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण पुनः तीव्र गतिमा फैलिन थालेको छ । 

चौथो वेभ फैलिएको भनिएको दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै संक्रमित फेला परेको बताइएको छ । संक्रमण बढ्दै गएपछि दक्षिण कोरियाली सरकारले स्वास्थ्य मापदण्डको नियम कडाइका साथ लागू गरेको छ । यही क्रम जारी रहे संक्रमण नियन्त्रणका लागि सबै प्रकारका व्यवसाय बन्द गर्ने स्थिति आउने आंकलन छ । 

यो सँगै त्यहाँ कार्यरत नेपाली कामदारहरु त्रासमा देखिएका छन् । कोरोना संक्रमण यही गतिमा फैलँदै गए रोजगारी गुम्ने चिन्ता नेपाली कामदारहरु परेका छन् । सबै व्यवसाय बन्द भए ईपीएस प्रणलीमार्फत रोजगारीमा गएका नेपाली कामदारहरु रोजगारविहीन हुनेछन् ।

यसअघि गत वर्षको कोरोना संक्रमणका कारण पनि त्यहाँ कार्यरत कयौं नेपाली कामदार रोजगारविहीन भएका थिए भने कयौंले तलव समेत पाएका थिएनन् । नेपाली कामदारका साथै अन्य विदेशी कामदार पनि प्रभावित बनेका थिए ।

साथसाथै ईपीएस प्रणलीमार्फत रोजगारीमा जान चाहने अन्य नयाँ कामदारहरु पनि जान पाउने स्थिति न्यून हुँदै गएको छ । कोरोना महामारीकै कारण हाल दक्षिण कोरियामा नेपाली कामदार जान पाएका छैनन् ।

केही दिन अगाडि मात्र दक्षिण कोरियाको मानव संसाधन विभाग ९एचआरडी० रोजगार अनुमति प्रणाली ९ईपीएस०अन्तर्गत रोकिएका श्रमिक निश्चित मापदण्डभित्र रहेर आफ्नो देश आउन पाउने विषयमा सकारात्मक भएको थियो ।

एचआरडीको पहिलो सर्त डाइरेक्ट उडान हुनुपर्ने, श्रमिकले कोरिया प्रवेश गर्नका लागि कोरियाले तोकिएका स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने थियो । यसैगरी कोरिया पुगेपछि कोरिया सरकारले तोकेको होटल क्वारेन्टाइनमा १४ दिन अनिवार्य श्रमिक आफनै खर्चमा बस्नुपर्ने पनि सर्त एचआरडी राखेको थियो । तर सोही समय संक्रमण बढ्न थालेपछि कोरिया आफ्नो निर्णयबाट पछि हट्ने हो कि भन्ने आशंका उत्पन्न हुन थालेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया