प्रभु बैंक र बीएम फाउण्डेनसँगको सहकार्यमा केडीसीले १० हजार बढी निःशुल्क स्वास्थ्य परीक्षण गर्ने

२ बर्ष अगाडि

काठमाडौं - कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलद्वारा सञ्चालित केडीसी जनरल हस्पिटलले अबको एक वर्षभित्र देशका विभिन्न जिल्लामा पुगेर १० हजार बढी आम सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने भएको छ । 

प्रभु बैंक लिमिटेड र बीएम फाउण्डेनसँगको सहकार्यमा केडीसीले जिल्लाजिल्लामा गएर १० हजार बढीको मुख तथा दन्त स्वास्थ्य, आँखा स्वास्थ्य र महिलाको प्रजनन् स्वास्थ्यसम्बन्धी परीक्षण गर्ने भएको हो ।

निःशुल्क स्वास्थ्य परीक्षण र अभिमुखीकरण कार्यक्रम गर्ने विषयमा अस्ति मंगलबार केसीडी र बीएम फाउण्डेसनका अध्यक्ष डा। बुद्धिमान श्रेष्ठ र प्रभु बैंकका सीईओ अशोक शेरचनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

प्रभु बैंकका सीईओ शेरचनले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केडीसीसँग सहकार्यको थालनी गरेको बताए । सम्झौतापछि पहिलो चरणमा कार्यक्रम बागमती प्रदेशको चितवन, लुम्बिनी प्रदेशको रुपन्देही र गण्डकी प्रदेशको स्याङ्जा, कास्की, बागलुङ र म्याग्दी जिल्लामा लागू गर्ने तयारी छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया