नबिल बैंकको नबिल सेक्युरिटिज कम्पनी दर्ता, उदेश्य के ?

२ बर्ष अगाडि

काठमाडौं– नबिल बैंकले नबिल सेक्युरिटिज कम्पनी दर्ता गरेको छ । बैंकले शेयर किनबेच गर्ने उदेश्यले आफ्नो साहायक कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गरेको हो । 

नबिलले शेयर किनबेच गर्ने, स्टक डिलर र शेयर ब्रोकरेजको रुपमा काम गर्ने प्रमुख उद्देश्य राखेर कम्पनी दर्ता गरेको कार्यालयको भनाइ छ। नबिलसँगै पछिल्लो समय ब्रोकरेज कम्पनीको काम गर्ने गरी अरू पनि कम्पनी दर्ता हुन आएको कार्यालयको भनाइ छ । केहीको दर्ता प्रक्रिया सकिएको छ भने केहीलाई नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुमति ल्याउन कार्यालयले भनेको छ ।

एनएमबि बैंकले असारमा ब्रोकर कम्पनीको काम गर्ने गरी एनएमबि सेक्युरिटिज नामक कम्पनी दर्ता गरेको छ । हाथवे स्टक डिलर नामक कम्पनी पनि खुलेको छ ।यस्तै शेयर किनबेचको उद्देश्य राखेर उज्यालो क्यापिटल मार्केट, अवसर स्क्युरिटि, हब सेक्युरिटिज लगायतका कम्पनी भने दर्ता प्रक्रियामा छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया