भारतमा २ दिन देखि लगातार भूकम्पको झट्का

२ बर्ष अगाडि

भारतको राजस्थानस्थित बीकानेरमा बिहीबार बिहान भूकम्पको झट्का महसुस गरिएको छ । रिक्टर स्केलमा उक्त भूकम्पको तीव्रता ४।८ मापन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान ७ बजेर ४२ मिनेटमा गएको थियो । यसको केन्द्रबिन्दु बीकानेरबाट ४१३ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहभन्दा १५ किलोमिटर गहिराइएमा रहेको थियो ।

भूकम्पबाट हालसम्म कुनै क्षतिको खबर प्राप्त भएको छैन । बुधबार पनि बीकानेरमा भूकम्पको झट्का महसुस गरिएको थियो । यसको तीव्रता ५।३ रिक्टर स्केल मापन गरिएको थियो ।

२ बर्ष अगाडि

प्रतिक्रिया