उपेन्द्र यादव पक्षद्धारा सात मन्त्रालय माग

२ बर्ष अगाडि

काठमाडौं - जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले सरकारसँग सात मन्त्रालय माग गरेको छ । यादव पक्षका एक नेताले सात मन्त्री र एक राज्यमन्त्री पाउनुपर्ने आफूहरूको माग रहेको बताएका छन् । यद्यपि यसबारे पार्टीको औपचारिक निर्णय भने नभएको उनले बताए । 

जसपा अध्यक्ष उपेन्द्र यादव सरकारमा जाने या नजाने विषयमा अझै टुंगो नलागेको यादव पक्षका नेताहरू बताउँछन् । ‘अध्यक्षज्यू सरकारमा गए हामीले एक उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालय पाउने सम्भावना धेरै हुन्छ। तर अध्यक्षज्यू सरकारमा जानुभएन भने परराष्ट्र हामीले पाउँदैनौं,’ ती नेताले भने, ‘त्यसैले अध्यक्षज्यू सरकारमा जानुपर्छ भन्ने हाम्रो लाइन हो।’

यादव पक्ष निर्वाचन आयोगको निर्णयपछि सरकारमा जाने भएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया