एक खर्ब ८९ अर्ब ६५ करोड मूल्य बराबरको सामान आयात हुँदा ३६ अर्ब ९० करोडको निर्यात

साउन ७, २०७८ | आजको अर्थ
ajaako_artha

विराटनगर - विराटनगरको रानी भन्सार नाकाबाट आर्थिक वर्ष २०७७/०७८ मा एक खर्ब ८९ अर्ब ६५ करोड मूल्य बराबरका विभिन्न विदेशी उत्पादन नेपाल आयात भएको छ ।

विराटनगर भन्सार कार्यालयका अनुसार यो वर्ष नेपाली उत्पादन निर्यातको तुलनामा झण्डै ५ गुणा बढी मूल्यका सामान आयात भएको हो । भन्सार कार्यालयका सूचना अधिकारी सन्तोष यादवले गत आर्थिक वर्ष ३६ अर्ब ९० करोड मूल्यका विभिन्न स्वदेशी उत्पादन रानी भन्सार नाकाबाट निर्यात भएको बताए ।

आर्थिक वर्ष २०७६र०७७ को तुलनामा गत वर्ष यो भन्सार नाकाबाट आयात र निर्यात दुवैको आकार बढेको छ । अघिल्लो आर्थिक वर्षमा विराटनगर भन्सारबाट १ खर्ब ३२ अर्ब ६ करोड मूल्य बराबरको विदेशी उत्पादन नेपाल आयात भएको थियो भने २८ अर्ब ५१ करोड ३१ लाख मूल्य बराबरको नेपाली उत्पादन निर्यात भएको थियो ।

विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/०७८ मा विराटनगर भन्सारबाट सबैभन्दा बढी १२ अर्ब ७३ करोेड मूल्य बराबरको १ लाख ६ हजार मेट्रिक टन भटमासको कच्चा तेल आयात भएको छ ।

यस्तै, गत आर्थिक वर्षमा ९ अर्ब ३२ करोड मूल्यको एमएस विलेट, ८ अर्ब ५ करोड मूल्यको पोलीथिन दाना, ६ अर्ब ३१ करोड मूल्यको स्टिल वायर रड, ५ अर्ब ९७ करोड मूल्यको तयारी पोशाक, ५ अर्ब ६ करोड मूल्यको सुर्यमुखीको कच्चा तेल, ४ अर्ब ८२ करोड मूल्यको मकै र ४ अर्ब ५२ करोड मूल्यको लिक्विड पेट्रोलियम ग्यास लगायतका सामग्री नेपाल भित्रिएको सूचना अधिकारी यादवले बताए ।

रानी भन्सारबाट गत आर्थिक वर्ष १२ अर्ब ९ करोड मूल्यको भटमासको प्रशोधित तेल, ४ अर्ब ६८ करोड मूल्यको सेन्थेटिक यार्न, ३ अर्ब ७९ करोड मूल्यको जुटका बुनिएका कपडा, २ अर्ब २४ करोड मूल्यको जुटको बोरा तथा झोला, १ अर्ब १ करोड मूल्यको चाउचाउ, नुडल्स तथा पास्ता, ४३ करोड १९ लाख मूल्यको तामाको सिट, चादर तथा स्टिप र ४३ करोड ३ लाख मूल्य बराबरको सनपाटको धागो लगायतका नेपाली उत्पादनहरु भारत निर्यात भएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउत विदेशी बजारमा नेपाली उत्पादनको ब्राण्ड बिल्डिङको अभाव हुँदा अन्तर्राष्ट्रिय बजारमा नेपाली उत्पादनले स्थान नपाउने समस्याका कारण नेपालले बर्सेनि ठूलो व्यापार घाटा झेलिरहेको बताउँछन् ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८