प्रि ओपन सेसनमा  साढे ५ अंक बढ्यो नेप्से

२ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ९.०१ अंक घटेर २९८५.५७ विन्दुमा झरेको नेप्से, यस दिन सो सेसनमा ५.३३ अंक बढेर २९९०.९० विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.३० अंक बढेको छ।

बिहीबार सो सेसनमा ४१ कम्पनीको शेयर कारोबार भएको छ। जसमध्ये ३० कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ८ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

२ बर्ष अगाडि

प्रतिक्रिया