पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला

साउन ७, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं - बाँकेमा पानीमा डुबेको अवस्थामा ३ जनाको शव फेला परेको छ । 

जिल्लाको कोहलपुर नगरपालिका–१० चटार स्थित डडुवा खोलको बन्दा नहरस्थित पानीमा डुबेको अबस्थामा हिजो साँझ ३ जनाको शव फेला परेको हो ।  

उक्त नगरपालिका वडा नम्वर ११ स्थित  श्रृष्टिहल नजिक बस्ने अन्दाजी बर्ष १६ का  अरिब जसगढ,  सोही स्थानका बर्ष  १७ का  अरमान जसगढ र सदरलाईन  टोल बस्ने  वर्ष १८ को रासिद जसगढको शव उक्त नहरमा डुबेको अवस्थामा फेला परेको हो ।

बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार उनीहरु त्यस नहरमा पौडी खेल्ने क्रममा बेपत्ता भएको भन्ने खबर पाउना साथ ईलाका प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुको शव फेला पारेको हो । उनीहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पतालमा पठाइएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८