७०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

२ बर्ष अगाडि

काठमाडौं - आज विहिबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । बुधबारको तुलनामा आज ७०० रुपैयाँले घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला ९२  हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य आज प्रतितोला ९१ हजार ८०० रुपैंयामा कारोबार हुने भएको छ । 

आज तेजावी सुन ९१ हजार ३०० रुपैँयामा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।  

बुधबार प्रतितोला १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया