काठमाडौं, कारोबारको अन्तिम दिन (बिहीबार) लक्ष्मी उन्नती कोषको इकाई मूल्य १०.०४ प्रतिशतले बढेको छ ।
कोषले मंगलबार गत आर्थिक वर्षको लाभांश सार्वजनिक गरेको लक्ष्मी उन्नती कोषको इकाई मूल्य बढेको हो ।
कोषले आर्थिक वर्ष ०७७/०७८ को लागि योजनाका इकाईधनीहरुलाई २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । ल
लाभांश घोषणा भएसँगै कारोबारको १० मिनेटको अवधिसम्म योजनाको इकाई मूल्य प्रतिइकाई रू. १.४३ले बढेर रू. १५.६८ कायम भएको हो ।
यस्तै, यो समाचार तयार पर्दासम्म कोषको मार्केट डेपमा ४ लाख ७२ हजार ९१५ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्री माग शून्य रहेको छ ।
प्रतिक्रिया