साउन १३ बाट अपि पावर कम्पनीले २ लाख १५ हजार बढि कित्ता शेयर बिक्री ल्याउदै, कहाँबाट आवेदन दिने ?

२ बर्ष अगाडि

काठमाडौं - अपि पावर कम्पनीले २ लाख १५ हजार ५९९ कित्ता शेयर लिलामीबाट बिक्री गर्ने भएको छ । कम्पनीले हकप्रदमा बिक्री नभएको उक्त शेयर बिक्री गर्ने भएको हो । 
 
कम्पनीले साउन १३ गतेदेखि उक्त शेयर लिलामीबाट बिक्री गर्न लागेको छ । लिलामीमा राखिने शेयरमा साउन २० गतेसम्ममा आवेदन दिनु पर्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार कम्पनीको शेयरमा न्युनतम १०० कित्तादेखि सबै शेयरका लागि आवेदन दिन सकिनेछ ।

मुक्तिनाथ क्यापिटलको कार्यालय हात्तीसार, मुक्तिनाथ विकास बैंकका शाखाहरु भक्तपुर ठिमी, कुमारीपाटी ललितपुर, इटहरी सुनसरी, इलाम, पृथ्वी चेक पोखरा, बुटवल, बिराटनगर, बीरगञ्ज, नारायणगट, सुर्खेत, नेपालगञ्ज, धनगढी र जनकपुरबाट लिलामी शेयरमा आवेदन दिन सकिन्छ ।

कम्पनीको शेयर बिहीबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ४२५ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया