नेपाली बजारमा रोयल इन्फिल्डको मेटियर ३५० सार्वजनिक, मूल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा रोयल इन्फिल्डको मेटियर ३५० सार्वजनिक भएको छ । रोयल इन्फिल्ड मोटरसाइकलको आधिकरिक बिक्रेता विवेक अटोमोवाइल्स प्रा.लिले उक्त मोटरसाइकलको नयाँ मोडल  बुधवार सार्वजनिक गरेको हो । 

मेटियर ३५० सीसीको बाइकमा फायर बल, स्टेलर र सुपरनोभागरी ३ वटा भेरियन्टमा उपलब्ध रहेको छ । फायर बल र सुपर नोभा २ वटा कलरमा उपलब्ध रहेका छन् भने स्टेलर ३ वटा भेरियन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ । 

मोटरसाइकलमा जे सिरिजको एयर आयल कोल्ड एसओएचसी इन्जिन रहेको छ । विद्युतीय फ्उिल इन्जेक्सन भएको बाइकमा सुरक्षाको लागि डिअल च्यानल एबीएस रहेको छ । नेभिगेसनको लागि गुगलसँगको साझेदारीमा बनाइएको ट्रिपर पोड र मोबाइल फोन चार्ज नर्गको लागि युएसबी चार्जिङ पोर्ट पनि समावेश गरिएको छ । 

बीएस ६ अन्तर्गत फायर बलको मूल्य ६ लाख, स्टेलरको मूल्य ६ लाख १७ हजार र सुपरनोभाको मूल्य ६ लाख ४५ हजार रहेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया