आजबाट प्रिमियर इन्स्योरेन्सको ५ लाख ४२ हजार बढि कित्ता संस्थापक शेयर बिक्रीमा आयो, न्यूनतम मूल्य कति ?

साउन १४, २०७८ | आजको अर्थ
ajaako_artha

काठमाडौं -प्रिमियर इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आजबाट ५ लाख ४२ हजार ९६५ कित्ता संस्थापक शेयरको लिलामी विक्री खुला गरेको छ ।

लिलामी शेयरको मूल्य प्रतिशेयर न्यूनतम मूल्य ५०० रुपैयाँ तोकिएको छ । कम्पनीको लिलामी शेयरमा इच्छुक संस्थापकहरु वा व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले खरिद गर्न सक्नेछन् । 

लिलामीको शेयर खरिदका लागि साउन २२ गतेसम्म उक्त शेयर लिलामीमा विक्री गर्न लागेको हो । कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

खरिदकर्ताले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । तोकिएको मूल्यभन्दा कम मूल्य अंकित गरी पेश भएको बोलपत्र स्वतः रद्द हुने कम्पनीले जानकारी दिएको छ ।

शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम ५०० कित्ता वा अधिकतम सम्पूर्ण कित्ता शेयर माग गर्न सकिने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८