नेपाली बजारमा बिक्रि सुरु भयो एसयूभी स्कोडा कुसाक, मूल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं - नेपाली बजारमा स्कोडाको एसयूभी स्कोडा कुसाक सार्वजनिक भएको छ । नेपालका लागि स्कोडाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले सार्वजनिक गरि बिक्री सुरु गरेको हो । 

नयाँ कुसाकको टेस्ट ड्राइभ तथा बुकिङ अब देशभर रहेका स्कोडा सोरुमबाट गर्न सकिने कम्पनीले जनाएको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी तीन भेरियन्टमा उपलब्ध कुसाकले वल्र्ड प्रिमियर भएदेखि नै अटो क्षेत्रमा बलियो उपस्थिति जनाइसकेको छ ।
 
नयाँ कुसाक ४२२५ एमएम लामो, १७६० एमएम चौडा र १६१२ एमएम अग्लो छ । यसको ह्विलबेस २६५१ एमएम, ग्राउन्ड क्लेरेन्स १८८ एमएम, आरामदायी इन्टेरियर, फ्री–स्ट्यान्डिङ इन्फोटेन्मेन्ट टचस्क्रिन, टु–स्पोट मल्टिफंक्सन स्टेरिङ, डोर ह्यान्डल, ह्यान्ड लकिङ बटन र एयर भेन्ट क्रोम–प्लेटेड, अत्याधुनिक र इफिसेन्ट टिएसआई इन्जिनलगायत विशेषता छन् ।

नयाँ कुसाकको दुई आधुनिक इन्फोटेन्मेन्ट सिस्टममा डुअल ट्युनर, वाईफाई हटस्पट, ह्यान्ड फ्री फोन कलका लागि एक्सटरनल माइक्रोफोन, ६ वटा स्पिकर, अगाडि डाटा कनेक्ट र चार्जिङका लागि सेन्टर कन्सोलमा दुई वटा र पछाडि मोबाइल डिभाइस चार्जिङका लागि दुई वटा यूएसबी सी पोर्ट आदि सुविधा छन् ।

गाडीमा ६ वटा एयरब्याग र सबै पाँच सिटका लागि थ्री प्वाइन्ट सिट बेल्ट, पार्किङ सेन्सर र रियर भ्यु क्यामेरा पनि राखिएको छ । कम्पनीले नेपाली बजारमा बिक्री सुरु गरेको कुसाक भेरियन्टअनुसारको मूल्य एक्टिभ एमटीको ४९,९०,०००, एम्बिसन एमटी ५३,९०,०००, एम्बिसन एटी ५८,९०,०००, स्टाइल एमटी ६०,९०,००० र स्टाइल एटीको ६५,९०,०० रुपैयाँ तोकेको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया