मिस इन्डियाका लाागि ऐश्वर्याले नकारेकी थिइन फिल्म ‘राजा हिन्दुस्तानी’

२ बर्ष अगाडि

काठमाडौं,सन् १९९४ मा मिस इन्डिया प्रतियोगितामा दोस्रो स्थान हासिल  गरेपछि मिस वर्ल्डको उपाधि जितेकी  ऐश्वर्याले मणि रत्नमको फिल्म ‘ईरुवर’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । तर, योभन्दा अगाडि ‘और प्यार हो गया’ रिलिज भयो ।
 
मिस वर्ल्डको उपाधि जितेपछि ऐश्वर्याका लागि बलिउडको बाटो खुलेको भन्ने गरिन्छ । तर, उनलाई मिस इन्डिया प्रतियोगितामा भाग लिनुभन्दा अगाडिदेखि नै फिल्मबाट अफर आउन सुरु भएको थियो, जसमध्ये एक सन् १९९६ को ब्लकबस्टर फिल्म ‘राजा हिन्दुस्तानी’ पनि हो । तर, उनले मिस इन्डियामा सहभागिता जनाउन योसहित अन्य चार ठूला फिल्मको अफर नकारेकी थिइन् । 
 
एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘धेरैलाई यो लाग्छ कि मैले ब्यूटी प्याजेन्टका कारण बलिउडमा अवसर पाएँ तर मसँँग यस्तो भएको थिएन । ब्यूटी प्याजेन्टभन्दा पहिले नै मलाई फिल्मबाट अफर आउन थालेको थियो । तर, मिस इन्डियामा भाग लिन मैले फिल्मको प्रस्ताव अस्वीकार गरेँ । मैले मिस इन्डियामा भाग नलिएको भए सायद मेरो पहिलो फिल्म ‘राजा हिन्दुस्तानी’ हुने थियो ।’ 
 

२ बर्ष अगाडि

प्रतिक्रिया