अमेजन कम्पनीलाई तथ्याङ्क उल्लङ्घनको आरोप, ८८.६६ करोड डलर जरिवाना

२ बर्ष अगाडि

काठमाडौं - तथ्याङ्क उल्लङ्घन गरेको अभियोगमा अमेजन कम्पनीलाई ८८.६६ करोड अमेरिकी डलर जरिवाना तोकिएको छ । युरोपेली सङ्घ ईयूको तथ्याङ्क सुरक्षासम्बन्धी कानून उल्लङ्घन गरेको अभियोगमा उक्त जरिवाना तोकिएको होे । 

जरिवाना लक्जेम्बर्गको तथ्याङ्क सुरक्षासम्बन्धी राष्ट्रिय आयोगले जारी गरेको छ । विषेशगरि प्रविधि क्षेत्रको काम गर्ने यस कम्पनीले ईयूको कानूनसँग मेल नखानेगरी व्यक्तिगत तथ्याङ्कलाई छनोट गरेको दाबी गरेको छ ।

अमेजनले भने तिर्नुपर्ने उक्त जरिवाना ‘तथ्यमा आधारित नरहेको’ बताउँदै आफूले यसको ‘जोडदार’ प्रतिरोध गर्ने जनाएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया