नेपाली बजारमा भित्रियो होण्डा सीबी ३५० आर, बजार मुल्य कति ?

२ बर्ष अगाडि

काठमाडौं, नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले आज होण्डाको सीबीआर ३५० आर नेपाली बजारमा  सार्वजनिक गरेको छ । 

आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस ब्ल्याक विथ पर्ल स्पोर्टस् एलो र रेडिएन्ट रेड मेटालिक गरी २ विभिन्न रङ्गहरुमा उपलब्ध छ । 

एडभान्स डिजिटल एनालग मिटर, डुएल च्यानल एबीएस साइड स्ट्यान्ड इन्डिकेटर, इन्जिन स्टार्ट र अफ स्विच, डिस्ट्यान्स टू एम्प्टी, एभरेज माइलेज र रियल टाइम माइलेज जस्ता यस बाइकको धेरै मध्येका केहि विशेषताहरु हुन् । 

नेपाली बजारमा यस सीबीआर ३५० आरको मूल्य  ७ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । थप जानकारीका लागि तपाईंहरुले होण्डाको टोल फ्रि नं। १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेलं) मा सम्पर्क गर्न सक्नेछन् । 
 

२ बर्ष अगाडि

प्रतिक्रिया