दूरसञ्चारका प्राविधिक र कर्मचारीलाई खोप उपलब्ध गराउन माग

२ बर्ष अगाडि

काठमाडौं - दूरसञ्चारका प्राविधिक र कर्मचारीलाई पनि खोप उपलब्ध गराउन इन्टरनेट सेवा प्रदायकको छाता संगठन इन्टरनेट सेवाप्रदायक संघ नेपाल(आइस्पान)ले सरकारलाई माग गरेको छ ।

आइतबार स्वास्थ्य विभागलाई पत्र लेख्दै आइस्पानले नेपालमा खोप लगातार भित्रिए पनि अत्यावश्यक सेवाको रुपमा खटिने कर्मचारीहरू अहिलेसम्म प्राथमिकतामा नपरेको जनाएको हो ।

गत बैशाखमा इन्टरनेट सेवालाई पनि सरकारले अत्यावश्यक सेवामा समावेश गरेको थियो । तर, फ्रन्टलाइन सरह काठमाडौं उपत्यका भित्र तथा बाहिरका प्राविधिक र कर्मचारीले खटिने कर्मचारीले खोप नपाएको भन्दै आइस्पानले विरोध समेत जनाएको छ ।

नेपालमा हजारौंको सङ्ख्यामा दूरसञ्चार क्षेत्रको फ्रन्टलाइनम काम गर्ने प्राविधिक र कर्मचारी रहेका छन । विधिकहरुले फिल्डमै गएर खटिनुपर्ने, अन्य निकायका कर्मचारी जस्तो वर्कफ्रम होमले नहुने भन्दै आइस्पानले सरकारलाई खोप उपलब्ध गराउन पत्र पठाएको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया