आज एकैदिन करिब दुई लाखले लगाए कोरोना खोप, ६ लाख २७ हजार बढिले लगाए जोनसन खोप

२ बर्ष अगाडि

काठमाडौंं - आज मात्रै करिब दुई लाख बढि नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक लाख ९५ हजार १३२ जनाले खोप लगाएका हुन् ।

मन्त्रालयका अनुसार नेपालमा कोरोनाविरुद्धको दुवै मात्रा पूरा गरेका १८ लाख १३ हजार ४७१ छन् । पहिलो मात्रा मात्रै लगाएका ४० लाख ६४ हजार २८८ जना छन् ।

केही साताअघि अमेरिकाबाट ल्याइएको जोनसन एण्ड जोसनसको खोप पनि लगाउन थालिएको छ । जोनसन खोप कुल ६ लाख २७ हजार ७३८ जनाले लगाएका छन् ।

त्यसैगरी भेरोसेल पहिलो मात्रा २२ लाख ३५ हजार ८०४ र दोस्रो मात्रा सात लाख २५ हजार ४२५ जनाले लगाएका छन् । कोभिसिल्डको पहिलो मात्रा लगाउनेको संख्या १३ लाख ६८ हजार १७६ र दोस्रो मात्रा लगाउनेको संख्या चार लाख ६० हजार ३०८ जना छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया